एटलेटिको म्याड्रिडलाई ला लिगाको उपाधि

एटलेटिको म्याड्रिडलाई ला लिगाको उपाधि

केन्द्रबिन्दु
0
Shares

स्पेनिस ला लिगा फुटबलको उपाधि एट्लेटिको मड्रिडले जितेको छ ।

गएराति भएको अन्तिम खेलमा खेलमा भालाडोलिडलाई २–१ गोलले हराउँदै एट्लेटिकोले उपाधि जितेको हो । 

एटलेटिको भालाडोलिडविरुद्ध पहिलो हाफमा १-० ले पछि परेको थियो । भालाडोलिडका ओस्कार प्लानोले १८ औं मिनेटमा अग्रता दिलाएका थिए ।  एन्जल कोर्रियाले खेलको ५७ औं मिनेटमा गोल गर्दै उपाधि होडमा एटलेटिकोलाई केही बलियो बनाएका थिए । 

६६ औं मिनेटमा सुआरेजले गोल गर्दै खेलमा एटलेटिकोलाई अग्रता दिलाए । यस नतिजाले एटलेटिको ३८ खेलमा ८६ अंक जोड्न सफल रहयो । रियल भने ३८ खेलमा ८४ अंक जोड्दै उपविजेतामा सिमित रहयो ।

Skip This
Skip This
Logo