माधवपक्षीय सांसदहरूको बैठक बस्दै

माधवपक्षीय सांसदहरूको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय सांसदहरूको बैठक दिउँसो १ बजे बस्ने भएको छ। बैठक संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको हो।

नेपाल निकट सांसद भवानीप्रसाद खापुङले प्रतिनिधिसभा विघटनबारे राजनीतिक र कानूनी लडाइँ कसरी लड्ने विषयमा छलफल हुने बताए।

प्रतिनिधिसभा विघटनलाई लिएर सत्तारुढ एमालेकै नेता नेपाल पक्ष असन्तुष्ट छ। 

संसदीय दलका नेतासमेत रहेका पार्टी अध्यक्ष केपी ओलीलाई क्रस गरेर नेपाल पक्षका २६ जना सांसदले शुक्रबार विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीको लागि हस्ताक्षरसहित समर्थन गरेको थियो।

Skip This
Skip This
Logo