जनता समाजवादी पार्टीको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले कारवाही सुरु गरेको छ। जसपाले महन्थ ठाकुर लगायत चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको छ।
बैठकले ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो।
आज सकिएको जसपाको कार्यकारिणी समितिको बैठकले पार्टीको सम्पूर्ण कार्यकारी अधिकार उपेन्द्र यादवलाई दिने र चार नेतालाई कारवाही गर्ने निर्णय गरेको हो।
बैठकबाट पारित गरेको प्रस्तावमा भनिएको छ, बैठकले पार्टी कार्यकारिणी समितिको बैठक बोलाउने र निर्णय प्रमाणित गर्ने लगायतका अधिकार पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय गरेको छ।’
जसपामा दुई अध्यक्ष छन् । यसअघि महन्थ ठाकुरले यस्तो अधिकार प्रयोग गर्दै आएका थिए।
बैठकले ओली सरकारमा पार्टीको कुनै सदस्य सामेल भएमा पार्टीबाट स्वतः निष्कासित हुने चेतावनीसमेत दिएको छ।
संसदीय दलको नेतामा महतो चयन भएको विषयलाई पनि बैठकले अस्वीकार गरेको छ।
त्यस्तै सरकारसँग वार्ता गर्न बनेको कार्यदलमा लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहेको प्रति समेत आपत्ति जनाएको छ।
यता जसपा ठाकुर–महतो पक्षले यसको कुनै प्रतिक्रिया दिएको छैन् । हाम्रो जिज्ञासामा जसपा नेता कर्णले पत्र पाएका छैनौं पाएपछि पढौंला अनि प्रतिक्रिया दिने बताए।































प्रतिक्रिया