बागमती प्रदेशसभाको बैठक जेठ १६ गतेका लागि आह्वान

बागमती प्रदेशसभाको बैठक जेठ १६ गतेका लागि आह्वान

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नेपालको संविधानको धारा १८३ को उपधारा १ अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसमा बागमती प्रदेशसभाको आठौं अधिवेशन जेठ १६ गते दिउँसो ३ बजेका लागि आह्वान गरेका छन् ।

मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभामा नीति, कार्यक्रम तथा आर्थिक प्रक्षेपणका विषयमा छलफल गर्ने क्रममा बैठक डाक्न सिफारिस गरेअनुसार आइतबार प्रदेश प्रमुख प्रसाईंले बैठक आह्वान गरेको बागमती प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए। 

प्रदेशसभाको सातौं अधिवेशन बैठक गत वैशाख ९ गते अन्त्य गरिएको थियो।

Skip This
Skip This
Logo