लुम्बिनी प्रदेशः राष्ट्रियसभा निर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान

लुम्बिनी प्रदेशः राष्ट्रियसभा निर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रदेशमा जेठ १७ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका उम्मेदवारको आइतबार अन्तिम नामावली प्रकाशन गरिएको छ। यस्तै उनीहरुलाई निर्वाचन चिह्न प्रदान गरिएको छ। 

नेकपा (एमाले) का उम्मेदवार चन्द्रबहादुर खड्कालाई सूर्य र नेपाली कांग्रेसका दीर्घनारायण पाण्डेलाई रुख चिह्न प्रदान गरिएको निर्वाचन अधिकृत निमराज भट्टराईले जानकारी दिए। पाण्डेलाई नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको समर्थन छ। 

प्रदेशसभा सदस्य ७९ र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २१७ गरी जम्मा २९६ मतदाता छन्। 

प्रदेशका १०९ स्थानीय तहका पालिकामा प्रमुख र उपप्रमुख गरी एमालेका ९१,  कांग्रेसका ६४, माओवादी केन्द्रका ३९, जसपाका १३, जनमोर्चाका पाँच, राप्रपाका दुई र स्वतन्त्र चार पदाधिकारी छन्।

Logo