कोरोनासम्बन्धी अध्यादेश पालना नभए पाँच लाखसम्म जरिवाना हुने

कोरोनासम्बन्धी अध्यादेश पालना नभए पाँच लाखसम्म जरिवाना हुने

केन्द्रबिन्दु
0
Shares

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि ल्याएको अध्यादेशको पालना गर्न सर्वसाधारणमा अपील गरेको छ।

प्रशासनले आज एक सूचना जारी गर्दै कोभिड–१९ रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन सरकारले ल्याएको अध्यादेश अनिवार्य पालना गर्न सर्वसाधारणसँग अपील गरिएको हो।

प्रशासनले कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को प्रावधानको पालना नभए कानुन अनुसार कारबाही हुने चेतावनी पनि दिएको छ।

अध्यादेश बमोजिम जारी भएका मापदण्डको पालना सबैले गर्नुपर्ने र पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने प्रशासनले भनेको छ।

अध्यादेश बमोजिम कसैले कुनै काम गर्न बाधा अवरोध सिर्जना गर्न नहुने र गरेको पाइएमा एक वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने पनि प्रशासनले जारी गरेको  सार्वजनिक सूचनामा उल्लेख छ।

Skip This
Skip This
Logo