नेकपा एमालेको स्थायी कमिटी बैठकले माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेताहरूलाई पार्टीबाट निष्काशन गरेको छ। यस्तै १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
उनीहरुलाई एमालेको साधारण सदस्यसमेत नरहने गरी निष्काशित गरिएको हो।
नेकपा एमालेले पार्टीको हितविपरीत कार्य गरेको ठहर गर्दै वरिष्ठ नेता माधवकुमार नेपाल लगायत ११ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको स्रोतले जनाएको छ।
निष्काशन गरिएका नेताहरूमा नेता नेपाल, खनालसहित भीमबहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी, र कल्याणीकुमारी खड्का रहेकी छिन्।
साथै एमालेले नेताहरू सुरेन्द्र पाण्डेसहित १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
२४ घण्टे स्पष्टीकरण सोधिने नेताहरुमा
१. विरोध खतिवडा
२.जीवनराम श्रेष्ठ
३. घनश्याम भुसाल
४. सोमप्रसाद पाण्डे
५.कृष्णलाल महर्जन
६.झपट रावल
७.भवानीप्रसाद खापुङ
८. यज्ञ सुनुवार
९.सुरेन्द्र पाण्डे
१०.मेटमणि चौधरी
११.दीपकप्रकाश भट्ट
१२.नारायण खतिवडा
रहेका छन्।































प्रतिक्रिया