सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा अन्तिम सम्झौता

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा अन्तिम सम्झौता

केन्द्रबिन्दु
0
Shares

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ। बैंक र फाइनान्सबीच मंगलबार मर्जर तथा एक्विजिशन सम्बन्धी अन्तिम सम्झौता भएको हो।

सम्झौतापत्रमा सिटिजन्स बैंकका सञ्चालक तथा मर्जर समितिका संयोजक प्रवलजंग पाण्डे र सिर्जनाका सञ्चालक तथा मर्जर समितिका संयोजक सुवास आचार्यले हस्ताक्षर गरेका छन्। 
दुबै संस्थाले आफ्नो विशेष साधारणसभाबाट अन्तिम सम्झौता पारित गर्नेछन्। सो सम्झौतालाई नियामक नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि एकीकृत कारोबार हुने जनाइको छ। गत माघ २८ गते दुई संस्थाले प्राप्तिका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए। 

सिर्जना फाइनान्सका लगानीकर्ताले सिटिजन्स बैंकमा १०० बराबर ९५ कित्ता शेयर पाउने छन्। प्राप्तिपछि बैंकको चुक्ता पुँजी बढेर १२ अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ।

सञ्चालक पाण्डे सिटिजन्स बैंकको मर्जर समितिको संयोजक भएपछि सहयोगी विकास बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंक गरि ३ वटा संस्थालाई प्राप्ति सम्पन्न भएको छ। 

काठमाडौं महानगरपालिका १ नारायणहिटी पथमा रजिष्टर्ड कार्यालय रहेको सिटिजन्स बैंकले मोरङको विराटनगर वडा नं ९ मा मुख्य कार्यालय रहेको सिर्जना फाइनान्सलाई आफूमा गाभ्ने अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली २०७३ बमोजिम प्राप्ति गर्ने गरि सम्झौता गरेको बैंकले जनाएको छ।

Skip This
Skip This
Logo