देशलाई वर्तमान सरकारको विकल्प चाहिएको छ: कांग्रेस नेता पौडेल

देशलाई वर्तमान सरकारको विकल्प चाहिएको छ: कांग्रेस नेता पौडेल

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले देशलाई वर्तमान सरकारको विकल्प चाहिएको हुनाले सभापति शेरबहादुर देउवाको नेतृत्वमा त्यसको पहल भएको बताएका छन्। 

प्रतिनिधिसभाका सदस्यहरू सरकार दिन्छौं भनेर सर्वोच्च अदालतमा गएको बताउँदै उनले देशलाई विकल्प चाहिएको र त्यो प्रतिनिधिसभाले दिने विश्वास पौडेलले व्यक्त गरेका हुन्। 

नेपाल प्रेस युनियनको कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै नेता पौडेलले अदालतले आफूहरुकै पक्षमा फैसला गर्ने विश्वास रहेको बताए।

नेता पौडेलले संविधानले सरकार गठनका लागि सांसदहरूलाई आत्मनिर्णयको अधिकार दिएको समेत बताएका छन्।

संविधानको धारा ७६ को उपधारा ५ ले प्रतिनिधिसभाका सदस्यहरूलाई आत्मनिर्णयको अधिकार दिएको उनले बताएका हुन् । 

'दलहरूले सरकार दिन नसकेको अवस्थामा संसद् पूरा अवधि चलोस् भन्नका लागि संविधानले नै सांसदहरूलाई आत्मनिर्णयको अधिकार दिएको छ',-उनले भने।

‘संविधानको धारा ७६ को उपधारा ५ ले प्रतिनिधिसभाका सदस्यको स्वतन्त्र अस्तित्व, आत्मनिर्णयको अधिकार दिएको छ,’ पौडेलले भने, ‘त्यो भनेको सांसदहरूको स्वविवेकीय अस्तित्व स्वीकार गरेको अवस्था छ। यो विशिष्ट अवस्था हो। यो विशिष्ट अवस्थाको अहिलेको परिस्थितिमा प्रयोग भएको हो।’

'प्रतिनिधिसभा विघटन गरी सरकारले कात्तिक र मंसिरमा घोषणा गरेको निर्वाचन हुने अवस्था नरहेको पौडेलको भनाइ थियो। ‘देशलाई विकल्प चाहिएको छ। चुनावमा जाने अवस्था कतैबाट देखिँदैन,’ उनले भने।

Skip This
Skip This
Logo