आज पनि संक्रमितभन्दा निको हुने धेरै, ७ हजार २२६ जना निको भए

आज पनि संक्रमितभन्दा निको हुने धेरै, ७ हजार २२६ जना निको भए

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार २२६ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख १८ हजार ८२९ पुगेको छ।

नेपालमा आज ६ हजार ९३९ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट २०८ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ४७६ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या ५ लाख ४२ हजार २५६ जना पुगेको छ। 

आज १०६ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ६ हजार ९५१ पुगेको छ।

आज २० हजार ९९२ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म नेपालमा २९ लाख ९८ हजार ६४ जनाको परीक्षण गरिएको छ।

काठमाडौं उपत्यकामा आज २ हजार ३६७ जना थपिएका छन्। काठमाडौंमा १ हजार ७३८ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ३६४ र भक्तपुरमा २६५ जना संक्रमित थपिएका छन्।

Skip This
Skip This
Logo