आज पनि भारी वर्षासहित हावाहुरी

आज पनि भारी वर्षासहित हावाहुरी

केन्द्रबिन्दु
0
Shares

केही दिनअघिबाट देशका विभिन्न स्थानहरुमा वर्षा भइरहेको छ । लगातार बिहीबारदेखि आज (शुक्रबार) बिहानसम्म पनि काठमाडौं उपत्यकालगायत केही जिल्लाहरूमा वर्षा भइरहेको छ ।

आज दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदलि रही धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षा र उच्च बेगको हावाहुरिको सम्भावना रहेको छ ।

त्यस्तै, महाशाखाका अनुसार उच्च हिमाली पहाडी भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात तथा वर्षा र गण्डकी प्रदेशका केही स्थानहरूमा बागमती प्रदेश, प्रदेश १ तथा सुदुरपश्चिम प्रदेशका उच्च हिमालीरपहाडी भू–भागका १–२ स्थानमा  भारी हिमपातको सम्भावना रहेको छ ।

Logo