निजी क्षेत्रले अक्सिजन उद्योग स्थापना गर्न चाहिने उपकरण आयातमा लाग्ने भन्सार र भ्याटमा सरकारले छुटको घोषणा गरेको छ।
आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री विषणुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन्। यस्तै सामुदायिक तथा निजी अस्पतालले जडान गर्ने अक्सिजन प्लानटको लागतमा सरकारले ५० प्रतिशत पुँजीगत अनुदान दिने पनि बजेटमा उल्लेख छ।
अक्सिजन उत्पादन गर्ने उद्योगहरुलाई पनि सरकारले सहुलियत घोषणा गरेको छ।
कोभिड अवधिभरका लागि अक्सिजन उत्पादन गर्दा लाग्ने बिजुलीमा त्यस्ता उद्योगहरुलाई ५० प्रतिशत छुट दिने अर्थमन्त्री पौडेलले जानकारी दिए।





























प्रतिक्रिया