सरकारले सामाजिक सुरक्षा भत्ता ४ हजार पुर्याएको छ।
सरकारले सरकारी कर्मचारीलाई १० दिन भ्रमण बिदा घोषणा गरेको छ। भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिने घोषणा अर्थमन्त्री विष्णप्रसाद पौडेलले गरेका छन्।
उनका अनुसार आन्तरिक पर्यटन प्रवद्र्धन गर्न यो नीति ल्याइएको हो। निजी क्षेत्रका संघसंस्थालाई समेत यसमा प्रोत्साहन गर्ने नीति ल्याउने घोषणा सरकारले गरेको छ।
जेष्ठ नागरिक, एकल महिला तथा अपांगहरुलाई दिइने मासिक भत्तामा ३३ प्रतिशत वृद्धि गरिएको छ।
आर्थिक वर्ष २०७८÷७९ को लागि आय–व्याय विवरण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडलले वृद्धभत्ता लगायत सामाजिक सुरक्षा भत्ता परिमार्जन गरिएको जानकारी दिए।
यसका लागि १ खर्ब छुट्याएको उनले जानकारी दिए। राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको तथ्यांक अनुसार मुलुकभर ३२ लाख ५८ हजार १ सय २९ जनाले सामाजिक सुरक्षा भत्ता खाइपाइ आएका छन्।
जसमध्ये १७ लाख ३९ हजार ३५९ जनाले बृद्धभत्ता बुझ्दै आएका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा लागि सरकारले १२ अर्ब रूपैयाँ विनियोजन गरिएको छ।
त्यसबाट २ लाख जनालाई रोजगारी दिइने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए।
रोजगारीकै सन्दर्भमा समान काममा समान ज्याला दिइने पनि जनाएको छ। श्रम कानूनको परिपालना पनि गरिने बताए।































प्रतिक्रिया