सरकारले होटेल र चलचित्र उद्योगलाई विद्युतको डिमान्ड शुल्कमा छुट दिने भएको छ। निषेधाज्ञा अवधिभरको डिमान्ड शुल्क छुट दिइने गरी आगामी आवको बजेटमा समेटिएको हो।
त्यस्तै, सरकारले गुणस्तरीय खानेपानी सेवा सुनिश्चित गर्न मासिक २० हजार लिटरसम्मको खानेपानी महसुल छुट गर्ने व्यवस्था गरेको छ।
बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाल खानेपानी संस्थान, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहले वितरण गर्ने मासिक २० हजार लिटरसम्मको खानेपानी महसुल छुट दिइ यसै महिनादेखि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिएका हुन् ।





























प्रतिक्रिया