सरकारले कृषि क्षेत्रको बजेट वृद्धि गरेको छ। आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको हो।
चालु आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको कृषि बजेट कार्यान्वयन गरिरहेको छ।
सरकारले घोषणा गरेको यो बजेट रासायनिक मल खरीद गर्न दिइएको अनुदानसहित हो ।
देशका सबै प्रदेशमा भूमि बैंक स्थापना गरिने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले कम्तीमा ५० वटा भूमि बैंकको शाखा स्थापना गर्ने लक्ष्य आर्थिक वर्ष २०७८/०७९ को बजेटमा समावेश गरिएको बताए।
उनले भूमिहीन, कमलहरी, हलिया सबैको अभिलेख तयार गरेर आगामी वर्ष जग्गाधनी पूर्जा दिइने पनि बताए। त्यसका लागि ६८ करोड रूपैयाँ बजेट बिनियोजन गरेको बताए।
यस्तै, गैरकानूनी ढंगले कब्जा गरिएका गुठी तथा सार्वजनकि जग्गालाई फिर्ता लिइने नीति लिएको पनि मन्त्री पौडेलको भनाइ छ।































प्रतिक्रिया