दूध, मासु र तरकारीको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान पाउने

दूध, मासु र तरकारीको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान पाउने

केन्द्रबिन्दु
0
Shares

सरकारले तरकारी, दूध र माछा–मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान दिने घोषणा गरेको छ। 

यस्तै निर्माण व्यवसायीको धरौटी फिर्ता हुने भएको छ। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोरोनाको मारमा परेका निर्माण व्यवसायीले राखेको ५० प्रतिशत धरौटी रकम फिर्ता पाउने बताएका हुन्।

सरकारले स्टार्टअप व्यवसायलाई १ प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा उपलब्ध गराउने भएको छ ।

नयाँ यूवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न हुन प्रेरित गर्ने उद्देश्यले परियोजना धितो राखी एक प्रतिशत व्याजदरमा २५ लाख रुपैयाँसम्म पुँजी कर्जा उलब्ध गराइने अर्थमन्त्री विष्णु पौडेल घोषणा गरेका छन्।

त्यस्तै, स्टार्टअप व्यवसायको दर्ता नविकरण तथा अन्य सेवा एकद्वारबाट गर्ने व्यवस्था मिलाइएको छ। यसका लागि एक अर्बको च्यालेन्ज फन्ड स्थापना गरिएको छ।

Skip This
Skip This
Logo