सरकारले आगामी आर्थिक वर्षमा सबैभन्दा ठूलो बजेट शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन्।
शिक्षा तथा सामाजिक विकास मन्त्रालयका लागि चालु आर्थिक वर्षमा १ खर्ब ७१ अर्ब बजेट कार्यान्वयन भइरहेको छ।
सो रकम पाठ्यक्रम वितरण वितरण, छात्रवृत्ति लगायतमा खर्च हुनेछ। एक विद्यालय, एक स्वास्थ्यकर्मीको व्यवस्था, सबै विद्यार्थीको स्वास्थ्य जाँच गर्ने नीति सरकारले लिएको छ।
बजेटमा विश्वविद्यालयलाई दिने अनुदान अन्तर्गतको १८ अर्ब ३४ करोडसमेत समावेश रहेको छ।
घर भाडा लिएर उद्योग सञ्चालन गरेका उद्योगीहरुलाई ५० प्रतिशत भाडा छुट
सरकारले घर भाडामा लिएर उद्योग सञ्चालन गरेका उद्योगीहरुलाई निषेधाज्ञाको अवधिको ५० प्रतिशत भाडा छुटको व्यवस्था गर्ने भएको छ।
आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिएका हुन्।
अब सरकारी, निजी र सहकारीका भवनमा सञ्चालन भएका उद्योगहरुले निषेधाज्ञाको समयमा ५० प्रतिशत भाडा छुट पाउने भएका हुन् ।
राम मन्दिर बनाउन चितवनको अयोध्यापुरीमा बजेट
सरकारले चितवनको अयोध्यापुरीमा राम मन्दिर बनाउन बजेट छुट्याएको छ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ का को बजेट सार्वजनिक गर्दै राम मन्दिर निर्माणका लागि बजेट छुट्याइएको बताए।
यस्तै जानकी मन्दिर र तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न प्रक्रिया अघि बढाउने भएको छ।
उनले देशभरको संस्कृति झल्कने गरी कीर्तिपुरमा राष्ट्रिय सांस्कृति संग्रहालय दुई वर्षभित्र निर्माण गरिने बताए।





























प्रतिक्रिया