सरकारले ‘सुरक्षित नागरिक आवास’ कार्यक्रमअन्तर्गत १ लाख ६८ हजार वटा खर र फुसको छानो भएको घरमा जस्तापाता लगाउने भएको छ।
त्यसका लागि प्रदान गर्दै आएको अनुदान रकममा पनि ५० प्रतिशतले वृद्धि गरेको छ।
वृद्धि गरेको अनुदान रकम जोड्दा अब प्रति घरका लाभग्राहीले ७५ हजार रूपैयाँ पाउने भएका छन्।
अर्थमन्त्री विष्णु पौडेलले त्यसका लागि आर्थिक वर्ष २०७८/०७९ मा ३ अर्ब ५० करोड रूपैयाँ विनियोजन गरिएको बताए।
‘जनता आवास’ कार्यक्रमअन्तर्गत ताप्लेजुङ, सर्लाही, मकवानपुर, पवर्तन, प्युठान, जुम्ला, डडेल्धुरासहित ७३ जिल्लाका अति विपन्न, लोपोन्मुख र सीमान्तृकत परिवारका २१ हजार ८०० परिवारका लागि निर्माणाधीन घर आर्थिक वर्ष २०७८/०७९ मा सम्पन्न गरी हस्तान्तरण गरिने सरकारको तयारी छ।
त्यसका लागि पनि सरकारले २ अर्ब ५० करोड विनियोजन गरेको मन्त्री पौडेलले बताए।
यस्तै १३ हजार विद्यालयमा नेपाल स्काउट विस्तार गरि ५ बर्षदेखि २५ बर्षसम्मका बालबालिका तथा युवाहरूलाई स्काउट अभियानमा संग्लग्न गराउने सरकारले नीति लिएको छ ।































प्रतिक्रिया