दर्शकको मन जित्दै ‘पियारी’को फिमेल भर्सन (भिडियोसहित)

दर्शकको मन जित्दै ‘पियारी’को फिमेल भर्सन (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हिजोआज गीतसंगीतमा नयाँ नयाँ प्रयोग आइरहेका छन्। यसैक्रममा पछिल्लो समय ‘पियारी’ गीत निकै चर्चित छ। यसको फिमेल भर्सनलाई तीन हप्तामै युट्युवमा १८ लाख २३ हजार बढी दर्शकले हेरेका छन्।

लाइमलाइन नेपाल यट्युव च्यानलबाट गीत सार्वजनिक गरिएको हो । यस गीतमा नवगायिका विशाखा शाही ठकुरीले स्वर दिएकी छिन्।

रियालीटी गायन प्रतिस्पर्धा ‘भ्वाईस अफ नेपाल सिजन–३’का प्रतिस्पर्धी धर्मेन्द्र सुनारले ब्लाइन्ड अडिशनमा ‘पियारी’ गीत गाएपछि प्रतिस्पर्धी सुनार र पियारी एकैचोटी चर्चाको शिखरमा पुगेका हुन् । 

युवा गायक जोसेफ शाही ठकुरीको स्वरमा रहेको ओरिजिनल गीत ‘पियारी’लाई पनि दर्शकले निकै मन पराएका छन्। 

फिमेल भर्सनका लागि परिमार्जन गरी तयार पारिएका गीतका शब्द पियारीका गायक जोसेफले नै लेखेका हुन्। यसमा कोशिष क्षेत्रीको संगीत र उदयराज पौडेलको संगीत संयोजन रहेको छ । गीतको ध्वनि सम्पादन किशोर थापामगरले गरेका हुन्। गीत ए–वन म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको हो।

गीतको भिडियोमा गायिका विशाखाकै अभिनय रहेको छ। भिडियो निर्देशन र सम्पादन टेकेन्द्र शाहले गरेका हुन्। दर्शकको चाहनालाई मध्यनजर गर्दै फिमेल भर्सन बजारमा ल्याइएको लाइमलाइट नेपालका निर्देशक शाहले बताएका छन्। 

 

Skip This
Skip This
Logo