केन्द्रबिन्दु मिडियाका सम्पादक कार्कीलाई पितृशोक

केन्द्रबिन्दु मिडियाका सम्पादक कार्कीलाई पितृशोक

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिका सम्पादक छत्र कार्कीलाई पितृशोक परेको छ।

कार्कीका बुबा कृष्णबहादुर कार्कीको झापाको दुधेस्थित आफ्नै निवासमा गए राति ९ः५० मा निधन भएको हो। 

लामो समयदेखि विभिन्न रोगहरुसँग जुधिरहेका कार्कीको ८२ वर्षको उमेरमा निधन भएको हो। उहाँ लामाे समयदेखि श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्याे ।

गत मंसिर महिनामा सम्पादक कार्कीले आमा गुमाउनु भएको थियो। एक वर्ष पनि नहुँदै बुबा पनि गुमाउनु पर्दा परिवारमा गहिरो चोट परेको छ। 

केन्द्रबिन्दु मिडियाका प्रबन्ध निर्देशक तथा प्रधान सम्पादक विदुर खतिवडाले खबर थाहा पाए लगत्तै फोनमार्फत जानकारी लिंदै परिवारप्रति दुःख व्यक्त गर्नु भएको थियो । 

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालि मृतक कार्कीप्रति गहिरो श्रद्धाञ्जली सहित परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ।

Skip This
Skip This
Logo