विपक्षी गठबन्धनले देश र जनतालाई दीर्घकालीन असर पर्ने किसिमका कुनै पनि काम कारबाही नगर्न सरकारलाई चेतावनी दिएको छ।
प्रतिनिधिसभाको पुनःस्थापना र प्रतिनिधिसभाका १४९ जना सदस्यहरूको हस्ताक्षरमा विकल्प प्रधानमन्त्रीको रूपमा विधिवत दावी प्रस्तुत गरिसकेको अवस्थामा दीर्घकालीन असर पर्ने कामकारबाही नगर्न गठबन्धनले चेतावनी दिएको हो।
गठबन्धनले त्यतिबेला चेतावनी दिएको छ, जतिबेला सरकारले बजेटमार्फत् केही लोकप्रिय कार्यक्रम ल्याइसकेको छ।
गठबन्धनले राज्यका सबै अंग र निकायहरूलाई सरकारको संविधानविपरीत र अलोकतान्त्रिक कामकारबाहीमा सहयोगी नहुन आग्रह गरेको छ।
विज्ञप्तिमार्फत् गठबन्धनले संवैधानिक सर्वोच्चता, कानूनी शासन प्रणाली र स्वतन्त्र न्यायालय रहेको देशमा सर्वोच्च अदालतबाट संवैधानिक व्यवस्थाको संरक्षण भइ न्याय प्राप्त हुनेमा विश्वास व्यक्त गरेका छ।
संविधान र लोकतन्त्रको पक्षमा एकताबद्धरूपमा सम्पूर्ण राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू र जनसमुदायलाई पनि गठबन्धनको आह्वान छ।































प्रतिक्रिया