विवेकशील साझाका नेता थापाको अवस्था जटिल बन्दै

विवेकशील साझाका नेता थापाको अवस्था जटिल बन्दै

केन्द्रबिन्दु
0
Shares

दुई हप्तादेखि कोरोना संक्रमण भएर उपचाररत विवेकशील साझा पार्टीका नेता उज्वल थापाको स्वास्थ्य अवस्था एकदमै जटिल बन्दै गइरहेको उनको परिवारले जानकारी दिएको छ। 

उनको दुई हप्तादेखि ह्याम्स, ग्रान्डी अस्पताल लगायतका अस्पतालमा उपचार गराई विगत तीन दिनदेखि नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । 

उनको उपचारको क्रममा उपलब्ध सबै विधिहरूको प्रयोग गरेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी गराएका तर पनि अवस्थामा सुधार नभएको परिवारले जनाएको छ । केहीबेर अघि विज्ञप्ति जारी गर्दै परिवारले यसको जानकारी दिएको हो ।

उज्वल थापाको स्वास्थ्य स्थितिको बारेमा जानकारी

उज्वल थापा कोरोना भाइरसबाट संक्रमित भई करिब दुई हप्तादेखि ह्याम्स, ग्रान्डी अस्पताल लगायतका अस्पतालमा उपचार गराई विगत तीन दिनदेखि नेपाल मेडिसिटी अस्पतालमा उपचार भैरहेको तपाईंहरूलाई अवगतै छ। 

यस क्रममा अहिले अस्पतालमा ECMO प्रविधिबाट विशेषज्ञहरुबाट, अस्पतालभन्दा बाहिरका विशेषज्ञहरूको राय सल्लाहलाई समेत मध्यनजर गर्दै, उहाँको उपचार भैरहेको भए तापनि उज्वलको अवस्था जटिल हुँदै गएको छ । उहाँको उपचारको क्रममा उपलब्ध सबै विधिहरूको प्रयोग गरेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी गराउनु भएको छ । 

यस्तो विषम परिस्थितिमा धैर्य धारण गरी संयमताका साथ उज्वलको लागि साथ, सहयोग दिनुहुने र अनवरत प्रार्थना गरिरहनु भएका उज्वलका साथी, शुभेच्छुक तथा आफन्तजन सबैप्रति हामी कृतज्ञ छौँ । तपाईंहरूले व्यक्त गर्नुभएको सद्भाव, सदिच्छा तथा प्रार्थनाको लागि हामी आभारी छौँ । 

उज्वल थापाको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट,

२०७८ जेठ १६ गते दिउँसो १ः१५

Skip This
Skip This
Logo