आगामी आर्थिक वर्षमा काभ्रे जिल्लाले ४ अर्ब ८२ करोड पाउने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै काभ्रेको लागि ४ अर्ब ८२ करोड ९७ लाख बजेट बिनियोजन गरेका छन्।
जिल्लाको कुल बजेट मध्ये नगरपालिकाहरुलाई २ अर्ब ६३ करोड ९६ लाख र गाउँपालिकाहरुलाई २ अर्ब १९ करोड १ लाख रकम विनियोजन भएको छ।
नगरपालिकाहरु मध्ये सबैभन्दा बढी बजेट बनेपा नगरपालिकाले ५० करोड ६९ लाख र सबैभन्दा कम पाँचखाल नगरपालिकाले ३८ करोड १८ लाख बजेट पाउने भएको छ।
त्यस्तै धुलिखेल नगरपालिकाले ४७ करोड १२ लाख, पनौती नगरपालिकाले ४५ करोड ७० लाख, नमोबुद्ध नगरपालिकाले ३९ करोड २८ लाख, र मण्डनदेउपुर नगरपालिकाले ४२ करोड ९९ लाख बजेट पाउनेछ।
गाउँपालिकातर्फ सबैभन्दा बढी बजेट रोशी गाउँपालिकाले ४१ करोड ८७ लाख र सबैभन्दा कम खानीखोला गाउँपालिकाले २६ करोड १६ लाख बजेट पाउनेछ।
त्यस्तै, चौरीदेउराली गाउँपालिकाले ३४ करोड ९२ लाख, तेमाल गाउँपालिकाले ३१ करोड १२ लाख, बेथानचोक गाउँपालिकाले २६ करोड ७० लाख, भुम्लु गाउँपालिकाले २९ करोड ८८ लाख ,र महाभारत गाउँपालिकाले २८ करोड ३६ लाख बजेट पाउने छन्। काभ्रेमा ६ नगरपालिका र ७ गाउँपालिका गरि १३ स्थानिय तह छन्।































प्रतिक्रिया