‘हिमालयन रि’ ले पायो नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स अनुमति

‘हिमालयन रि’ ले पायो नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स अनुमति

केन्द्रबिन्दु
0
Shares

'हिमालयन रि' ले नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स पाएको छ। बीमा समिति श्रोतका अनुसार हिमालयनले लाइसेन्स पाएको हो।

समितिले तोकेको मापदण्डहरुमा सबैभन्दा धेरै अंक ल्याएर हिमालयनले लाइसेन्स पाएको बीमा समिति श्रोतले जनाएको छ। आवेदन दिएकाहरुबाट शर्त पुरा गरेकाहरुमध्ये पनि मूल्यांकनका आधारमा सबैभन्दा उत्कृष्ट कम्पनीका रुपमा हिमालय छनौट भएको हो। 

पुनर्बीमा कम्पनीका लागि न्यूनतम चुक्ता पुँजी १० अर्ब तोकिएको छ। नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स माग्दै ५ वटा कम्पनीले आवेदन दिएका थिए। जसमा संस्थापकको तर्फबाट न्यूनतम ५१ प्रतिशत र बढीमा ७० प्रतिशतसम्म र बाँकी कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई दिएर पुँजी जुटाइन्छ।

अनुमतिको लागि अन्नपूर्ण रि, जेन्युइन रि, प्रुडेन्सियल रि, काठमाडौं रि र हिमालयन रिले आवेदन दिएका थिए। समितिले बैशाख १६ गते नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि आवेदन आव्हान गरेको थियो।

यो कम्पनीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, पूर्व अध्यक्षद्वय पशुपति मुरारका र भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर, शंकर ग्रुपका साहिल अग्रवाल तथा विवादास्पद व्यवसायी सुलभ अग्रवालको लगानी छ। साथै, केएल दुगड ग्रुपका विकास दुगड, एमभि दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्ताको पनि हिमालयनमा लगानी छ।

Logo