नेपाल कम्युनिष्ट पार्टीबाट निष्कासित नेता डा.भीम रावलले विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन भएको आरोप लगाएका छन्।
राष्ट्रपतिले कार्यकारी प्रमुखझैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन हो, उनले भनेका छन्।
नेता रावलले यस्तो कार्यले कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण हुने समेत उल्लेख गरेका छन्।
सोमबार ट्वीटरमार्फत नेता रावलले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार निकम्मा भई राष्ट्रपति कहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हुन लागेका त होइन, भनेर प्रश्नसमेत उठाएका छन्।
नेता रावलले ट्वीटमार्फत भनेका छन्ः–
कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गर्दै राष्ट्रपतिले कार्यकारी प्रमुख झैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन हो। यसले, के प्रम र सरकार निकम्मा भई राष्ट्रपति कहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो, भन्ने गम्भीर प्रश्न उठ्छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भारत, चीन, अमेरिका लगायतका देशलाई खोप उपलब्ध गराउन सोहि देशका समकक्षीलाई पत्र पठाएकी थिइन्।
































प्रतिक्रिया