मुगुमा पहिलो पटक कोरोनाबाट एक जनाको मृत्यु

मुगुमा पहिलो पटक कोरोनाबाट एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

कोभिड–१९ सङ्क्रमणबाट पहिलोपटक यहाँ एक वृद्धको ज्यान गएको छ। मृत्यु हुनेमा छायाँनाथ रारा नगरपालिका–१० का ७० वर्षीय पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी परशुराम नेपालीले जानकारी दिए। 

उनका अनुसार ती बृद्धालाई अस्पताल ल्याउनेक्रममा मंगलबारबाटोमा नै निधन भएको थियो। एकहप्तादेखि बिरामी हुँदा पनि ती बृद्धा अस्पतालमा जान नमानि घरमा नै रही  जडिबुटी सेवन  गर्नुभएको बताइएको छ।  

बृद्धाको मृत्युपछि गरिएको एन्टिजिन परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको सूचना अधिकारी नेपालीले बताए। गत वैशाखदेखि जिल्लामा सङ्क्रमित सङ्ख्या वृद्धि भएपनि मृत्यु भएको थिएन।  

हालसम्म २९४ सङ्क्रमित रहेका जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 

Skip This
Skip This
Logo