प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरुसँग मंगलबार छलफल गरेका छन्।
आगामी बजेट अधिवेशन र कोभिड महामारीका विषयमा मुख्यमन्त्री राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीका संसदीय दलका नेताहरुसँग परामर्श गरेका हुन्।
छलफलमा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र राष्ट्रिय जनता पार्टी संसदीय दलका नेता जयराम यादवसँग छलफल गरेको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए।
छलफलका क्रममाा मुख्यमन्त्री राईले सरकारले केही दिनभित्रै संसद बैठक बोलाउन लागेको जानकारी दिए। बढ्दो रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण, खोप र उपचारको विषयमा समेत सो अवसरमा छलफल भएको थियो। सरकारले संसदबाटै बजेट प्रस्तुत गर्ने र अनावश्यक शङ्का नगर्नसमेत उनले विपक्षी दलका नेताहरुलाई आग्रह गरेका थिए।































प्रतिक्रिया