कति छ आज सुनको मूल्य?

कति छ आज सुनको मूल्य?

केन्द्रबिन्दु
0
Shares

साताको चौथो दिन आज सुनको मूल्य स्थिर छ। 

यस हप्ता आइतबार २ सयले बढेको थियो। सोमबार पनि २ सयले बढेको थियो। मंगलबार सुन ३ सयले बढेको थियो भने आज स्थिर छ ।

गत हप्ता आइतबार ३ सयले बढेको थियो भने सोमबार १ सयले बढेको थियो। मंगलबार २ सयले घटेको थियो। बुधबार स्थिर रहेको थियो भने बिहीबार ७ सयले बढेको थियो। यस्तै शुक्रबार सुन ४ सयले घटेको थियो।

आज छापावाला सुनको प्रतितोला ९४ हजार ५ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९४ हजार मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ। आज चाँदी एक हजार ३६० मा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo