फाइजर खोप कम असरदार तर बि.६१७.२ भेरियन्टमा भने प्रभावकारीः अध्ययन

फाइजर खोप कम असरदार तर बि.६१७.२ भेरियन्टमा भने प्रभावकारीः अध्ययन

केन्द्रबिन्दु
0
Shares

फ्रान्सको पाश्चर इन्स्टिच्युटले गरेको एक अध्ययनमा फाइजर खोप कोरोनाविरुद्ध कम प्रभावकारी रहेको दावी गरेको छ। तर, भारतमा भेटिएको नयाँ भेरियन्ट बि.६१७.२ मा भने असरदार रहेको पनि पनि अध्ययनमा जनाइएको छ। 

पाश्चर इन्स्टिच्युटका निर्देशक तथा यस अध्ययनका सह अध्येता ओलिभर श्रवार्टजले प्रयोगशालामा भएको परीक्षणमा फाइजर खोप कोरोनाविरुद्ध कम असरदार देखिए पनि बि.६१७.२ भेरियन्टकाविरुद्ध भने राम्रो काम गर्ने बताएका छन्। उनको यस अध्ययन भाइरोक्सिव वेबसाइटमा प्रकाशित गरिएको छ। 

यस अध्ययनका लागि ओरलेन्स शहरका २८ स्वास्थ्यकर्मीको नमूना लिएर जाँच गरिएको थियो। जसमध्ये १६ जनामा फाइजरको दुई मात्रा खोप दिइएको थियो। बाँकी अन्य १२ जनामा भने एस्ट्रोजेनिकाको दुई मात्रा खोप दिइएको थियो। 

जसमा फाइजर खोप लगाइएको थियो, उनीहरुमा बि.६१७.२ भेरियन्टकाविरुद्ध तीन गुणा कम एन्टीबडी निर्माण भएको पाइयो। तर, यसका बावजुद पनि उनीहरु सुरक्षित रहेको पाइयो। साथै उनीहरुले कुनै समस्याको सामना गर्न नपरेको पनि पाइयो। 

तर, एस्ट्रोजेनिकाको कुरा भने केही अलग थियो। श्रवार्टजका अनुसार जो व्यक्ति पछिल्लो वर्ष कोभिड–१९ बाट संक्रमित भएका थिए, उनीहरुमा दुई डोज फाइजर खोप लगाइएको थियो । उनीहरुमा बि.६१७.२ भेरियन्टबाट बच्नका लागि पर्याप्त एन्टीबडी बनेको पाइयो। तर, यसमा बेलायतको भेरियन्टको तुलनामा तीनदेखि छ गुणा कम एन्टीबडी निर्माण भएको पनि पाइयो। 

उनले अगाडि भनेका छन, 'अध्ययनमा यस भेरियन्टले एन्टीबडीका लागि आंशिक प्रतिरोध हाशिल गरेको पनि पाइयो।'

Logo