ढुंगा-गिटी-बालुवा निर्यात गरि व्यापारघाटा कम गर्ने नीति राष्ट्रघातीः जसपा

ढुंगा-गिटी-बालुवा निर्यात गरि व्यापारघाटा कम गर्ने नीति राष्ट्रघातीः जसपा

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी(जसपा)ले सरकारले बजेट बक्तव्यमा खानीजन्य सामाग्री ढुंगा, गिटी, बालुवा निर्यात वा निकासी गरी व्यापारघाटा कम गर्ने नीति वातावरणीय हिसाबले घातक रहेको जनाएको छ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवले एक विज्ञप्ति जारी गर्दै खानीजन्य ढुंगा, गिटी, बालुवा निर्यात वा निकासी गरि व्यापारघाटा कम गर्ने नीति वातावरणीय हिसाबले घातक हुने बताएका हुन्।

यादवले नवधनाढ्यदेखि व्यवसायीलाई यो नीतिले फाइदा हुने तर यसबाट सबैभन्दा बढी प्रभाव रहेको चुरेको संवेदनशील क्षेत्रमा पर्ने बताए।

यो कार्यले तराई/मधेशमा ठूलो प्राकृतिक संकट आउने विज्ञप्तिमा उल्लेख गरिएको छ। यसले नकारात्मक पर्यावरणीय असर पार्नेछ, जसको मूल्य तराई/मधेशमा बसोवास गर्ने जनताले चुकाउनु पर्नेछ,’यादवले भनेका छन्।

व्यापारघाटा कम गर्ने नाममा ढुंगा, गिटी, बालुवा निकासी गर्ने बजेटको घोषणा राष्ट्रघाति रहेको छ, उनले विज्ञप्तिमार्फत भनेका छन्।

Skip This
Skip This
Logo