गिट्टी-बालुवा बेच्ने नीति तुरुन्त खारेज गरियोसः प्रचण्ड

गिट्टी-बालुवा बेच्ने नीति तुरुन्त खारेज गरियोसः प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले बजेटमार्फत अघि सारेको गिट्टी बालुवा बेचेर व्यापारघाटा न्युनिकरण गर्ने नीति तुरुन्त खारेज गर्न माग गरेका छन्।

सामाजिक संजालमार्फत अध्यक्ष प्रचण्डले असंबैधानिक सरकारले बजेटमार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर ब्यापारघाटा कम गर्ने’ नाममा कुर्सी बचाउने र तराईलाई मरुभूमीकरण गर्ने राष्ट्र र जन विरोधी निर्णय तुरुन्त खारेज गरियोस् भनि विरोध गरेका छन्।

प्रचण्डले सरकारले आफ्नो कुर्सी बचाउन तराईलाई मरुभूमीकरण गर्न लागेको आरोपसमेत लगाएका छन्।

त्यसो त सरकारले बजेट वक्तव्यको १९९ नम्बर बुँदामा वातावरणीय प्रभाव मूल्यांकनका आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरि व्यापारघाटा न्यूनीकरण गर्नेे निर्णय गरेको छ।

यता सरकारले अर्थ मन्त्रालयमार्फत खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरि व्यापारघाटा न्यूनीकरण गर्ने निर्णयको चर्को विरोध भएपछि विज्ञप्ति जारी गर्दै स्पष्टिकरण दिएको छ।

सरकारको स्पष्टिकरणमा नेपाल सरकार चुरे क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्न प्रतिबद्ध रहेको बताएको छ ।

Skip This
Skip This
Logo