‘एकताको इमान्दार प्रयासलाई कमजोर पार्न झुठा प्रचार गरिए’: गोकर्ण विष्ट

‘एकताको इमान्दार प्रयासलाई कमजोर पार्न झुठा प्रचार गरिए’: गोकर्ण विष्ट

केन्द्रबिन्दु
0
Shares

एमाले एकताका लागि संवादमा रहेका नेता गोकर्ण विष्टले आफ्नो बारेमा सञ्चार माध्यमहरुमा भ्रमपूर्ण समाचार प्रकाशित भइरहेको भन्दै आपत्ति जनाएका छन्।

विष्टले आज सामाजिक संजालमार्फत वक्तव्य जारी गर्दै पार्टी र जनसंगठनहरुका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काउनु पर्ने आफ्नो अडानमा यथावत रहेको समेत प्रष्ट पारेका छन्।

विष्ट पार्टीको संस्थापन पक्षसँग वार्तामा रहेको भन्दै माधव नेपाल पक्षबाटै उनीसहितका नेताहरुको भूमिकाप्रति विरोध प्रकट भइरहेका बेला उनले आफू अर्को समूहमा नगएको संकेत दिएका हुन्।

नेता विष्टले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने बताएका छन् । एकताका लागि गरिएका इमान्दार प्रयासलाई कमजोर पार्ने प्रयास भइरहेको उनको भनाइ छ।

विष्टले भनेका छन्, ‘नेकपा एमालेको एकता जोगाउन भइरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले मेरो नामसमेत जोडेर केही सञ्चार माध्यमहरूमा भ्रमपूर्ण समाचार प्रकाशित गरिएका छन् । एकताका लागि गरिएका इमान्दारपूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले, किन र कसका लागि यस्ता झुठा प्रचार गराउँदै छन् ? समयले नै बताउला।’

Skip This
Skip This
Logo