महामारीलाई नियन्त्रण गर्न हाम्रो संकल्प र बाह्य सहयोगको खाँचो छः पूर्वराजा ज्ञानेन्द्र

महामारीलाई नियन्त्रण गर्न हाम्रो संकल्प र बाह्य सहयोगको खाँचो छः पूर्वराजा ज्ञानेन्द्र

केन्द्रबिन्दु
0
Shares

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहले आफ्नो स्वास्थ्यलाई लिएर चासो र चिन्ता लिने सबैलाई धन्यवाद दिएका छन्।

आज पूर्वराजा र रानीले सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो सन्देश जारी गर्दै आफ्नो स्वास्थ्यबारे चिन्ता र चासोका साथ शुभकामना दिनुहुने देशभित्र र बाहिर रहेका सबै नेपालीहरुप्रति आभार व्यक्त गरेका छन्।

पूर्वराजा शाहाले भने, ‘अहिले हामी दुवै पूर्ण स्वास्थ्य लाभको क्रममा छौं । तर देशभित्र र बाहिरको महामारीको अवस्थाप्रति हामी चिन्तित छौं।

पूर्वराजा शाहले महामारीको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्तालाई समेतलाई धन्यवाद दिएका छन् । 

उनले आफूहरु पूर्णस्वास्थ्य लाभ लिइरहेको र देश बाहिर र भित्रको अवस्थाप्रति निकै चिन्तित रहेको बताएका छन्।

गत अप्रिलमा भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएपछि पूर्वराजा र पूर्वरानीलाई कोरोना संक्रमण भएको थियो। तीन साताको उपचारपछि उनीहरु अस्पतालबाट डिस्चार्ज भएका थिए।

कोरोना महामारीलाई नियन्त्रण गर्नका लागि हाम्रो आफ्नै संकल्प र बाह्य सहयोगको खाँचो पर्ने उनको भनाइ छ। 

पूर्वराजा शाहले सबैलाई सुरक्षित, सावधान र स्वस्थ रहन आग्रह गर्दै उपचारको क्रममा रहेका सबै नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्, महामारीबाट जीवन गुमाउनेहरुप्रति चीर शान्तिको कामना गरेका छन्।

Logo