सरकारले स्वास्थ्य संस्थामाथि हुने आक्रमणका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत कडा कानून बनाउने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य संस्थामाथि हुने आक्रमणका दोषीमाथि कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो।
तथापि यसको घोषणा आगामी मन्त्रिपरिषद्को पत्रकार सम्मेलनमा हुनेछ। स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सरकारले सो सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको हो।
सरकारले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई २ लाख जरिवाना र ४ वर्षसम्म कैद सजाय हुने व्यवस्थासहित अध्यादेश ल्याउने तयारी रहेको बताइएको छ।































प्रतिक्रिया