अमेरिकी राष्ट्रपतिलाई खोप सहायताप्रति प्रधानमन्त्री ओलीद्वारा धन्यवाद व्यक्त

अमेरिकी राष्ट्रपतिलाई खोप सहायताप्रति प्रधानमन्त्री ओलीद्वारा धन्यवाद व्यक्त

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले खोप सहायता उपलब्ध गराएकोमा अमेरिकी सरकारलाई धन्यवाद दिएका छन्। ओलीले उक्त घोषणको स्वागतसमेत गरेका छन्।

उनले ट्वीटमार्फत अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई धन्यवाद दिएका हुन्।

यो घोषणाले नेपाल र अमेरिकाबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ हुनेसमेत प्रधानमन्त्रीले ट्वीटमार्फत व्यक्त गरेका छन् ।

त्यस्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि खोप सहायताको घोषणाप्रति अमेरिकी समकक्षी एन्थोनी ब्लिंकेनलाई धन्यवाद दिएका छन्।

अमेरिकाले नेपाल लगायत १६ मुलुकलाई पहिलो चरण अन्तर्गत ७० लाख डोज खोप उपलब्ध गराउन लागेको हो।

तथापि नेपालले कति मात्रामा खोप पाउने भन्ने अहिले खुलाइएको छैन।

Skip This
Skip This
Logo