भियतनामको स्वास्थ्य मन्त्रालयले चीनको औषधि निर्माता सिनोफार्म कम्पनीले निर्माण गरेको कोभिड–१९ को खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ।
भियतनामका उपस्वास्थ्य मन्त्री ट्रुओङ क्वोक कुओङले सिनोफार्मको खोपलाई बिहीबार स्वीकृति गरेका हुन् । भियतनामले यसअघि अस्ट्राजेनिका र स्पुतनिक भी खोपलाई अनुमति दिइसकेको छ।
गत अप्रिल महिनाको अन्त्यदेखि भियतनाममा कोभिड–१९ को संक्रमण बढी देखिएको छ।
शुक्रबारसम्म भियतनाममा गत अप्रिल २७ यता करिब पाँच हजार व्यक्तिमा कोभिड संक्रमण पुष्टि भएको छ। यो सहित भियतनाममा छ हजार ५७७ जना संक्रमित भएका छन्।
सिनोफार्मको कोभिड–१९ विरुद्धको खोपलाई विश्व स्वास्थ्य संगठनले आपतकालीन प्रयोगका लागि गत मे महिनामा अनुमति दिएको थियो।
यसैबीच, चीनमा बुधबारसम्म ७० करोड ४८ लाख डोज खोप लगाइएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।





























प्रतिक्रिया