जसपा र एमालेबीच सरकार सहयात्राको भागबन्डा मिल्यो, कसले कुन मन्त्रालय पाए?

जसपा र एमालेबीच सरकार सहयात्राको भागबन्डा मिल्यो, कसले कुन मन्त्रालय पाए?

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष सरकारमा जान सत्ता सहकार्यको भागबन्डा मिलेको छ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका नेताहरुबीच मन्त्रालयको भागबण्डा मिलिसकेको र आजै सरकार पुनर्गठन हुने भएको छ।

माओवादी केन्द्र त्याग गरेर एमाले प्रवेश गरेका नेताहरु पदच्युत भएपछि रिक्त रहेको मन्त्रालयहरुनै ओलीले जसपालाई दिन सक्ने धेरैको बुझाई छ।

सम्भावित केहि मन्त्रालयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय राजेन्द्र महतोलाई, शरदसिंह भण्डारीलाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, अनिल झालाई शहरी विकास मन्त्रालय, बिमल श्रीवास्तवलाई खानेपानी मन्त्रालय, उमाशंकर अरगरिया युवा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइने तय भएको स्रोतले दाबी गरेको छ।

उनीहरुको सपथ आजै ५ बजे राष्ट्रपति कार्यालयमा हुने बुझिएको छ।

Skip This
Skip This
Logo