कोरोना महामारीसँग जुध्न गोकुलगंगा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

कोरोना महामारीसँग जुध्न गोकुलगंगा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

केन्द्रबिन्दु
0
Shares

रामेछाप जिल्ला गोकुलगंगा ५, नामाडी स्थायी घर भएका विगत लामोसमय काठमाडौंमा व्यवसाय गर्दै आएका तथा नेपाल राष्ट्रिय उद्योग व्यापार महासंघ केन्द्रीय सदस्य प्रल्हाद खड्का, अनेरास्ववियु केन्द्रीय सदस्य दिनेश थापा र एमाले युवा नेता  शंकर थापा मिलेर गोकुलगंगा पालिका अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन्।

कोरोना महामारीको दोस्रो लहरसँगै गोकुलगंगा गाउँपालिकामा पनि संक्रमण बढ्दै गएकाले संक्रमण नियन्त्रण तथा उपचारको लागि अक्सिजन सिलिन्डरसहित करिव १ लाख ५० हजारको अत्यावश्यक स्वास्थ्य सामाग्री पालिका प्रमुख तथा अस्पतालका अध्यक्ष खड्गबहादुर सुनुवारलाई हस्तान्तरण गरेका छन्।

तीन युवाले यो संकटको घडीमा आफ्नो पालिकाको अस्पताललाई संक्रमितको उपचार गर्न सहज होस् भनेर ५ थान अक्सिजन सिलिण्डर, ५००० थान मास्क, २० लिटर सेनिटाइजर, १० वटा विरामीलाई ओड्ने ब्ल्यांकेट र ४५ हजार बराबरको कोरोना सम्बन्धी औषधि हस्तान्तरण गरिएको प्रल्हाद खड्काले बताए।

यो महामारीको विषम परिस्थितिमा आफ्नो पालिका अस्पताललाई महामारीसँग जुध्न आफूले सकेको सहयोगका लागि काठमाडौं बस्ने अन्य साथीहरू मिलेर सहयोग गर्ने योजना रहेको थियो। तर योजना अनुसार नभएपछि तीन जनाले भए पनि जति सकिन्छ त्यति सहयोग गरौं भनेर सानो सहयोग गरेका छौं। उनले भने, 'यो महामारीमा जसले जे सकिन्छ, त्यो सहयोग गर्नुपर्छ र कोरोना सङ्क्रमितहरूको उपचार तथा रोकथाम नियन्त्रणमा सहयोग पुग्ने विश्वास छ।'

पालिकाले पनि राम्रो व्यवस्थापन गरेर उपचार गरिरहेकाले त्यसमा थप सहज बनाउन सहयोग गरिएको उनको भनाइ छ।

त्यस्तै, स्वास्थ्य सामाग्री बुझ्दै गाउँपालिका प्रमुख खड्गबहादुर सुनुवारले यो महामारीमा कोरोना सङ्क्रमितहरूको उपचार तथा रोकथाम नियन्त्रणमा सहयोग पुग्ने गरि स्वास्थ्य सामाग्री सहयोग गर्ने तीन युवालाई धन्यवाद दिएका छन्।

Skip This
Skip This
Logo