मन्त्री बनेको २४ घन्टा नबित्दै उपप्रधानमन्त्री महतोको पुत्ला दहन (भिडियोसहित)

मन्त्री बनेको २४ घन्टा नबित्दै उपप्रधानमन्त्री महतोको पुत्ला दहन (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। 

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसै अनुसारको नियम, कानुन, संविधान र व्यवस्था हुनुपर्ने बताएका छन्। यद्यपि उनको यस्तो अभिव्यक्तिमाथि शनिबार दिनभरजसो आलोचना भएको छ।  

नेकपा एमालेकै नेताहरूले महतोको अभिव्यक्तिप्रति दुःख व्यक्त गरेका छन् भने जिम्मेवार पदमा रहेका व्यक्तिबाट त्यस्तो अभिव्यक्ति आउनु दुःखद रहेको उनीहरूको भनाइ छ। यसैबीच आजै अर्थात् महतोले मन्त्रीपदमा सपथ खाएको २४ घन्टा नबित्दै विद्यार्थी संगठनहरूले पुत्ला दहन गरेका छन्।  महतोका विवादित अभिव्यक्तिका विरोधमा माधव नेपाल समूहको विद्यार्थी संठनले पुत्ला दहन गरेको हो। 

नेपालका प्रधानमन्त्री ओलीले ब्रिटिश समकक्षी बोरिस जोनसनलाई आफूहरूलाई खोप अत्यावश्यक भएको भन्दै सहयोगका लागि आग्रह गरेका छन्। ओलीले यूकेका लागि नेपाली गोर्खा सैनिकहरूले गरेको त्याग र सेवाका कारण कोभिड सहायतामा नेपाल उसको प्राथमिकतामा पर्नुपर्ने धारणा पनि अघि सारेका छन्। पछिल्लो केहि हप्ता यता प्रधानमन्त्री, राष्ट्रपतिसहित विभिन्न तवरबाट सरकारले खोपका लागि अन्तराष्ट्रिय समुदायसँग पहल गर्दै आएको छ। तर, परिणाम मुखी काम नहुँदा ओली सरकारले ठूलो आलोचना भोग्दै आएको छ। 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी जेठ २७ गते विश्वासको मत लिने प्रस्ताव राखेका छन्। संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्रीले एक महिनाभित्र सदनमा आफूसँग बहुमत छ भन्ने सिद्ध गर्नुपर्छ। सो अनुसार मुख्यमन्त्री गुरुङ जेठ २९ गतेभित्र विश्वासको मत लिन स्वतन्त्र छन्। तर, विपक्षीहरु मुख्यमन्त्रीले छिटोभन्दा छिटो विश्वासको मत लिएर गतिरोध अन्त्यमा सघाउनु पर्ने अडानमा छन्। त्यसैले उनीहरूले मुख्यमन्त्रीको प्रस्तावप्रति असहमति जनाएका छन्। 

राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको विपतको सामना गर्न पूर्वतयारी गरिरहेको बताएको छ। यद्यपि यो वर्ष कोभिड संक्रमणको जोखिम शहरबाट गाउँ गाउँ पुगेको अवस्थामा विपतको उद्दारमा खट्ने जनशक्तिलाई संक्रमण हुनबाट कसरी बचाउने भन्न चुनौती प्राधिकरणलाई रहेको छ। यता, स्वास्थ्य मन्त्रालयले मनसुनको बेलामा आउने स्वास्थ्य समस्याहरुको सामना गर्न तयारी अवस्थामा रहेको जनाएको छ ।

देशभर थप ५ हजार ४२ जना कोभिड १९ संक्रमित थपिएका छन्। ११ हजार ४७१ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ५४० जनामा र ५ हजार ३४३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ५०२ जनामा संक्रमण देखिएको हो। यस्तै, पछिल्लो २४ घण्टामा ८ हजार २४३ जना संक्रमण मुक्त भएका छन्। शनिबार दिउँसोसम्म कोरोना संक्रमणका कारण थप ६८ जनाको मृत्यु भएको छ। हालसम्म देशभर ७ हजार ७९९ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ। 

Skip This
Skip This
Logo