मेरो अभिव्यक्तिलाई तोडमोड गरेर गलत अर्थ लगाइयो: उपप्रधानमन्त्री महतो

मेरो अभिव्यक्तिलाई तोडमोड गरेर गलत अर्थ लगाइयो: उपप्रधानमन्त्री महतो

केन्द्रबिन्दु
0
Shares

उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले आफूले दिएको अभिव्यक्ति तोडमोड गरिएको भन्दै यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । शनिबार बेलुकी एक विज्ञप्ति जारी गर्दै उनले यसप्रति आपत्ति जनाएका हुन् । 

उनले उपप्रधानमन्त्रीको कार्यभार सम्हाल्दै बहुराष्ट्र राज्यको स्थापना हुनुपर्ने धारणा राखेपछि शनिबार दिनभरि चौतर्फी आलोचना भएको थियो ।

उनले आफ्नो आशयलाई गलत तरिकाले बंग्याएर गलत अर्थ लगाइएको पनि बताए। विज्ञप्तिमा उनले भनेका छन्, “हिजोको मेरो अभिव्यक्तिलाई बंग्याएर र गलत अर्थ लाग्ने गरी प्रचार–प्रसार भएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रहि एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात् गर्दै यो राज्य सबै जात, जाति, वर्ग, समुदाय धर्म, लिंगको साझा राष्ट्र हो भने आशय व्यक्त गरेको हुँ । म राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिबद्ध रहेको छ,” उनले भनेका छन्, “यसबारेमा कसैलाई अन्यथा भ्रम नरहोस् भन्ने प्रष्ट पार्न चाहन्छु ।”

महतोले संविधानमा रहेका असन्तुष्टि सम्बोधन गर्न संशोधनको प्रयोजनका निम्ति गठित कार्यदलमा आफ्ना धारणा राख्ने पनि बताएका छन्।

Skip This
Skip This
Logo