कर्णाली प्रदेश सरकारमा कांग्रेस सहभागी

कर्णाली प्रदेश सरकारमा कांग्रेस सहभागी

केन्द्रबिन्दु
0
Shares

महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ। 

कांग्रेसले दुई जना सांसदलाई मन्त्री बनाएर सरकारमा सहभागी हुने भएको हो। सुर्खेतका यज्ञबहादुर बिसी र जुम्लाका दिनबन्धु श्रेष्ठ मन्त्री भएका छन्।

बिसी सामाजिक विकासमन्त्री र श्रेष्ठ ऊर्जा तथा जलस्रोतमन्त्री बन्ने भएका छन्। उनीहरूलाई कांग्रेसले १३ बुँदे आचारसंहितामा पनि हस्ताक्षर गराएको छ।

उनीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण आजै हुनेछ। यसपछि कर्णाली सरकारमा ८ जना मन्त्री हुनेछन्।

Skip This
Skip This
Logo