पूर्वमहान्यायाधिवक्ता खरेलले भनेः न्यायाधीशबारे बहस गर्न इच्छा थिएन

पूर्वमहान्यायाधिवक्ता खरेलले भनेः न्यायाधीशबारे बहस गर्न इच्छा थिएन

केन्द्रबिन्दु
0
Shares

केपी शर्मा ओली नेतृत्वको सरकारका पूर्वमहान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पनि न्यायाधीशद्वय दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईप्रति प्रश्न उठाएका छन्।

उनले संवैधानिक इजलासबाट अलग हुने राय दिएका न्यायाधीशद्वयलाई किन इजलासमा समेटियो, भन्दै प्रश्न गरे। न्यायाधीशहरूबारे बहस गर्न अनिच्छुक रहेको तर, बहस गर्न बाध्य भएको उनले बताए।

यसअघि गठित संवैधानिक इजलासमा रहेका न्यायाधीशहरू तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि प्रश्न उठेपछि न्यायाधीशद्वय कार्की र भट्टराईले इजलासबाट अलग हुने राय दिएका थिए।

आइतबार भने प्रधानन्यायाधीश जबराले वरिष्ठताको आधारमा इजलास पुनर्गठन गरेका थिए।

त्यसपछि सरकारको प्रतिरक्षका लागि बहसमा आएका महान्यायाधीवक्ता रमेश बडाल, पूर्वमहान्यायाधिवक्ताहरू खरेल र पन्तले इजलासमा प्रश्न उठाएका हुन्।

Skip This
Skip This
Logo