जसपा प्रदेश २ को संसदीय दलको नेतामा फेरि राउत

जसपा प्रदेश २ को संसदीय दलको नेतामा फेरि राउत

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा) प्रदेश २ को संसदीय दलको नेतामा लालबाबु राउत चयन भएका छन्। आइतबार बहुमतले उनलाई दलको नेतामा चयन गरेको हो।

हाल उनी सो प्रदेशका मुख्यमन्त्री छन्। अध्यक्ष उपेन्द्र यादवपक्षीय राउतलाई दलको नेतामा चयन गर्नुको अर्थ पार्टीको अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई सरकारबाट बाहिरियाउने खेल हो।

राउत अब कांग्रेस र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बन्ने प्रयासमा छन्।

केन्द्र सरकारमा ठाकुर पक्ष सहभागी भएपछि ठाकुर–यादव पक्ष राजनीतिकरूपमा विभाजित अवस्थामा छ। औपचारिक विभाजन हुन बाँकी छ।

Skip This
Skip This
Logo