नेप्से परिसूचक सामान्य गिरावट, फाइनान्स उपसमूह भने ९.२७ प्रतिशतले वृद्धि

नेप्से परिसूचक सामान्य गिरावट, फाइनान्स उपसमूह भने ९.२७ प्रतिशतले वृद्धि

केन्द्रबिन्दु
0
Shares

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले गिरावट आएकाे छ। सोमबार शेयर बजार मापक नेप्से परिसूचक ०.२१ अंकले घटेर २ हजार ९०६.७० अंकमा बन्द भएको छ। आज २२१ कम्पनीको ३ करोड ५४ लाख ७४ हजार ४१४ कित्ता शेयर १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार ६५ रुपैयाँ ५ पैसामा कारोबार भएको छ।

आज ११३ कम्पनीको शेयर मूल्य बढ्दा ९९ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ९ वटा कम्पनीको मूल्य स्थिर छ।

आज सबैभन्दा बढी  फाइनान्स उपसमूहको ९.२७ प्रतिशत, विकास बैंक ६.२७ प्रतिशत र हाइड्रोपावरतर्फ ३.२३ प्रतिशतको वृद्धि देखिएको छ।

त्यस्तै आज करिब एक दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। जसमा पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स, आइसीएफसी फाइनान्सको शेयर मूल्यमा १० प्रतिशतको सर्किट लागेको छ। 

त्यसैगरी कामना सेवा विकास बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, गुडविल फाइनान्स, जानकी फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, गुर्खाज फाइनान्स, मञ्जुश्री फाइनान्स, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र समृद्धि फाइनान्समा सकारात्मक सर्किट लागेको छ। 

त्यसैगरी धेरै गुमाउने कम्पनीमा लक्ष्मी बैंक, नारायणी डेभलपमेन्ट बैंक, सनराइज बैंक र कुमारी बैंक लगायतका छन् ।

Skip This
Skip This
Logo