एमाले विवादः ‘एकदिन, फरक तीन’

एमाले विवादः ‘एकदिन, फरक तीन’

केन्द्रबिन्दु
0
Shares

३ जेठ २०७५ मा बाम गठबन्धनमा रहेर चुनाव लडेका एमाले र माओवादी केन्द्र नेकपा नाममा मिल्यो। मिलेको ३३ महिनापछि फुट्यो।

फुटको कारण सर्वोच्चले आधिकारिता खारेज गर्नु रह्यो। तर, त्यसबेला नेकपा भने कचिङ्गलपूर्ण अवस्थामा थियो।

अध्यक्षद्वय केपी ओली र प्रचण्डपक्षबीच राजनीतिकरूपमा ‘पानी बाराबार’ को स्थिति थियो। यस्तो स्थितिको नेकपा विभाजन भएपछि ब्युँतिएको एउटा पार्टी एमाले विभाजनको स्थितिमा छ।

यसबीच अध्यक्ष केपी ओलीले एकता जोगाउन आह्वानसहितको ६ बुँदे प्रस्ताव आइतबार राति गरे।

प्रस्तावको पहिलो बुँदामा भनियो, ‘नेकपा (एमाले) लाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ।’

जेठ ३ नभई जेठ २ को अवस्थाबाट एमालेलाई अगाडि बढाउनुपर्ने माग नेता माधवकुमार नेपाल पक्षको छ। २३ फागुनपछि यही अडान राख्दै आएको छ। ओलीले एक दिनपछिदेखि पार्टी संगठनलाई अगाडि बढाउने वक्तव्यमार्फत बताएका छन्।

आखिर किन उनी एक दिन अघि बढेनन्? माधव पक्ष पनि किन एकदिन पछि आउन चाहेनन्? एक दिनको अन्तर के छ? खोजी गरेका छौं।

– २ जेठ २०७५ अगाडि नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य सङ्ख्या २०३ थियो। पछि घटेर १९७ पुग्यो। घट्नुको पछि कारण पार्टी अनुशासन उल्लङ्घन गरेकोलाई हटाउनु र मृत्यु हुनु रह्यो।

– जेठ ३ अगाडि माओवादी केन्द्रसँग एकता प्रक्रियामा जाँदा १९७ जनामा ४४ जना सदस्य केन्द्रीय कमिटीमा थपिए। त्यसो हुँदा एमालेको केन्द्रीय कमिटी सदस्य सङ्ख्या २४१ पुग्यो।

– थपिएका केन्द्रीय कमिटी सदस्यमध्ये ओली पक्षको ३० जना रहे। १४ जना माधव पक्षका रहे। 

जबकि २ जेठ २०७५ अगाडि माधव पक्षमा ९६ जना केन्द्रीय कमिटी सदस्य थिए। ओली पक्षमा १०१ जना थिए। यसरी माओवादीसँग एकता गर्दा थपिएका ३० जना गर्दा त्यसै १३१ पुगेकोमा फेरि माओवादी केन्द्र त्यागेर आएका २३ जना नेता केन्द्रीय कमिटीमा छन्। उनीहरू पनि ओली पक्षमा रहेकाले उनी १५४ सहित केन्द्रीय कमिटीमा बहुमतमा देखिएका छन्। भएका पनि तीन जनाले छाड्दा १०७ जनासहित माधव पक्ष अल्पमतमा छन्। 

यसरी एक दिनको अन्तरमा केन्द्रीय कमिटी सदस्यहरू ओलीको ३० जना र माधव पक्षमा १४ जना बढेका छन्।

पहिले पनि ५ जनाले बढी ओली एकता अगाडि थपिएका सङ्ख्यासँगै २१ जना बढी हुन पुगेकाले माधव पक्षले २ जेठ अगाडिबाट पार्टीलाई बढाउनुपर्ने बताएको हो। ओलीले चाहिँ ३ जेठ अगाडिदेखि भन्नुको कारण एकता भन्दा अगाडि थपिएकाहरूलाई पनि मानेर अगाडि बढ्नुपर्ने बताएका हुन्।

दुवै पक्षले स्वार्थअनुसार प्रस्ताव र अडान राख्दै आएका छन्। सोही कारण एकताबद्ध एमाले हुन सकिरहेको छैन।

राजनीतिशास्त्री दीपक गजुरेल एमाले एकता निश्चित स्वार्थ पूरा भएपछि हुने बताउँछन्। यति मात्रै होइन, एमालेको आन्तरिक कलहमा बाह्य शक्तिको हात रहेको उनको ठम्याइ छ। 

ओलीदेखि माधवपक्ष संकित
एमाले एकताका लागि दुवै पक्षको दोस्रो तहका नेताहरूको जोडबल जारी छ। एकताको विन्दु पहिल्याउन निरन्तर सम्वाद हुँदै आएको छ।

सम्वादमा ओली पक्षबाट सुवासचन्द्र नेम्बाङ, विष्णु पौडेल, प्रदीपकुमार ज्ञवाली रहँदा माधव पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेशकुमार भट्टराई र गोकर्ण विष्ट छन्। 

यिनै दोस्रो तहका नेताहरूका कारण नेता नेपालले यसअघि ६ बुँदे एकताका लागि प्रस्ताव ओलीसँग गरेका थिए। आइतबार ओलीले पनि छ बुँदामै प्रस्ताव गरे। तर, ओलीप्रति माधव पक्ष संकित छ।

नेता नेपाल ओलीले अल्मल्याउन र झुक्याउन ६ बुँदे प्रस्ताव गरेको त होइन? भन्दै संकित छन्।

फेरि, बलियो हुँदा पेलेर जाने र कमजोर हुँदा लचक हुने प्रवृत्ति ओलीको छ। त्यही भएर ओलीको प्रस्तावलाई स्वीकार्दा भोलि पार्टी कमिटीमा पेलेर जाने र निर्वाचन हुँदा टिकट वितरणमा पनि ओलीले एक्लौटी गर्न सक्ने भन्दै माधवपक्ष संकित बनेको हो।

यसअघि बिहीबार र शुक्रबार बसेको माधवपक्षीय केन्द्रीय कमिटीको भर्चुअल बैठकमा पनि नेताहरूले ओलीले पेलेर जान सक्ने बताएका थिए।

Skip This
Skip This
Logo