माधव नेपालद्वारा ओलीको एकता प्रस्तावको जवाफ, आफूहरुलाई अल्मल्याउन खोजेको आरोप

माधव नेपालद्वारा ओलीको एकता प्रस्तावको जवाफ, आफूहरुलाई अल्मल्याउन खोजेको आरोप

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति राखेको एमाले एकता प्रस्तावको वरिष्ठ नेता माधव नेपालले जवाफ दिएका छन्। ओलीले ६ बुँदे प्रस्ताव राखेपछि नेपालले पनि ६ बुँदामै जवाफ फर्काएका छन् । 

जवाफमा नेपालले ओलीले संसद विघटन फिर्ता लिएमा आफूहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटबाट हस्ताक्षर स्वतः फिर्ता हुने जवाफ दिएका छन्।

ओलीको प्रस्ताव सकारात्मक रहे पनि यस अघि उनले गरेका व्यवहारबाट विश्वास गर्न सकिने ठाउँ कतै नभएको नेपालले लेखेका छन् ।

एमाले अध्यक्ष ओलीले पार्टीलाई २०७५ जेठ ३ पूर्वको स्थितिमा फर्काउन आफू तयार रहेको तर सर्वोच्च अदालतमा दिएको रिटबाट हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए।

जवाफमा नेता नेपालले उक्त रिट निवेदन प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटनका कारण नेपालको संविधान, लोकतन्त्र र संसदको रक्षा गर्नुपर्ने आवश्यकताको परिणाम भएको र संसद विघटन फिर्ता लिएमा यसको औचित्य स्वतः सकिने बताएका हुन्। 

नेता नेपालले ओलीसँग आफूले वैशाख ७ र २७ गते राखेका बुँदाहरु स्मरण गराउँदै कार्यान्वयनको माग पनि गरेका छन् ।

अध्यक्ष ओलीले जेठ २ गते पूर्व नभनेर जेठ ३ गते भन्दै आफूहरुलाई अल्मल्याउन खोजेको पनि आरोप लगाएका छन् ।

Skip This
Skip This
Logo