आजदेखि देशभर खोप अभियान सुरु

आजदेखि देशभर खोप अभियान सुरु

केन्द्रबिन्दु
0
Shares

सरकारले आजदेखि देशैभरी खोप अभियान सञ्चालन गरेको छ। 

६० वर्षदेखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई लक्षित गरी यो खोप अभियान सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले बताएको छ। केही दिन अघि मित्रराष्ट्र चीनले नेपाल सरकारलाई सहयोग स्वरुप दिएको १० लाख डोज खोप उपलब्ध गराएको थियो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले ६० देखि ६५ वर्षको उमेर समूहलाई लगाउने खोप देशैभरीका खोप केन्द्रमा पुगिसकेको बताए। ६० देखि ६४ वर्ष उमेर समूहका करिव ८ लाख मध्ये ५ लाखले खोप लगाउने अनुमान गरिएको सह–प्रवक्ताले जानकारी दिए।

८ लाख मध्ये ३ लाखले विभिन्न माध्यमले यसअघि कोभिशिल्ड खोप लगाइसकेको र भेरोसेल खोपको यसअघिको अभियानमा पनि लगाइसकेको हुँदा यो अभियानमा ५ लाख जना जेष्ठ नागरिकले खोप लगाउने स्पष्ट पारे। 

सहप्रवक्ता अधिकारीले खोप लगाउन खोप केन्द्रमा जाँदा आफ्नो परिचयसहित उमेर खुल्ने कागजपत्र लैजानुपर्ने बताए। यस्तो परिचय खुल्ने कागजपत्र नभए सम्बन्धित वडाले सिफारिस गरेका आधारमा खोप लगाउन सकिने बताए।

Logo