गभर्नर अधिकारीद्वारा ‘फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी’को सुभारम्भ

गभर्नर अधिकारीद्वारा ‘फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी’को सुभारम्भ

केन्द्रबिन्दु
6
Shares

डिजिटल भुक्तानीका बारे डिजिटल माध्यमबाटै अवारनेस ल्याउने गरी ‘फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसीको सुभारम्भ भएको छ । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सो कार्यक्रमको उद्घाटन गरेका हुन् । मिडिया इन्टरनेसनलको आयोजना र नेपाल राष्ट्र बैंकको प्रबर्धनमा सुरु भएको ‘फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी’ को समुद्घाटन गर्दै (वेवीनारमार्फत) नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल भुक्तानी आफैँमा अर्थतन्त्रको ठूलो हिस्सा बनेको बताए। 

उनले नेपालको अर्थतन्त्रमा डिजिटलाइजेशनको ठूलो महत्व रहेको बताए । डिजिटलाईजेशनलाई कसरी अगाडि बढाउने भनेर नेपाल राष्ट्र बैंकले ठूलो सपना बोकेर हिँडेको र सोही सपनामा ‘फाइनान्सीयल डिजिटलाइजेशन लिट्रेसी’ एउटा पाटो हुने अपेक्षा राखे ।  

बैंक तथा वित्तीय संस्थाले समयको माग अनुसारको सेवा सुविधा दिनुपर्ने भन्दै गभर्नर अधिकारीले फाइनान्सियल सेक्टरमा डिजिटल सर्भिस बढाउनुपर्ने बताए । गभर्नर अधिकारीले अहिले चिया पसलदेखि ई–रिक्सासम्म क्युआर कोडको प्रयोग हुन थालेको भन्दै पसलका सामानहरु समेत डिजिटल्ली टिकटक र फेसबुकबाट देखाउने प्रचलन बढेको बताए । 

वित्तीय साक्षरतालाई डिजिटल्लीरुपमा लैजानुपर्ने भन्दै उनले यसका लागि मार्केटिङ गर्न जरुरी रहेको पनि बताए । उनले फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसीलाई अगाडि बढाउन बैंक तथा वित्तीय संस्थाहरु एवं डिजिटल सर्भिस प्रोभाइडरहरुले हातेमालो गर्नुपर्ने बताए । गर्भनर अधिकारीले नेपाल सरकारले डिजिटल फेमवर्कलाई अगाडि ल्याएको भन्दै यसलाई साकार पार्न पनि यस अभियानले सहयोग पुर्याउने बताए। 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गाउँगाउँको वित्तीय पहुँचमा ‘फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी’ कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए  । गाउँका कतिपय ठाउँमा वित्तीय पहुँच नपुगेको भन्दै यसको धेरै नै महत्व हुने उनको भनाइ छ । 

फाइनान्सीयल डिजिटलाइजेशन लिट्रेसी कार्यक्रका कोडिनेटर माधव निर्दोषले फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसीलाई सबै जिल्ला र स्थानीय तहमा संचालन गरिने बताउँदै डिजिटल कारोबारविना अबको अर्थतन्त्र सम्भव नहुने भएरै यो अभियान सुरु गरिएको बताए । विगत ६ बर्षदेखि नेपाल राष्ट्र बैंकको प्रबद्र्धनमा मिडिया इन्टरनेसनलले वित्तीय जागरण राष्ट्रिय अभियानमार्फत वित्तीय साक्षरता र बैंकिङ एक्स्पो कार्यक्रम संचालन गर्दै आएको छ ।  फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी सोही कार्यक्रमको परिवर्तित नयाँ कार्यक्रम हो । सो कार्यक्रम विकट जिल्ला बझाङबाट सुरु गरिने भएको छ । 

फरवार्ड माइक्रोफाइनान्सका अध्यक्ष तथा पूर्व मन्त्री भगवती चौधरीले डिजिटलाइजेशन सेक्टरमा ‘फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी’ अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । टेक्नोलोजीमार्फत गाउँघरमा वित्तीय साक्षरता दिँदा अति उत्तम हुने उनको भनाइ छ । 

यस्तै बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले फाइनान्सियल डिजिटलाइजेशनलाई ग्रामिण अर्थतन्त्र र कृषि क्षेत्रमा अगाडि बढाउन सके अर्थतन्त्रमा टेवा पुग्ने उल्लेख गरे ।   

कार्यक्रममा बैंकर्स संघका अध्यक्ष भुवन दाहालले  डिजिटलाईजेशनका विषयलाई ग्राहकसम्म बुझाउन जरुरी रहेको बताए । अहिलेको युगमा पनि फिजिकल कारोबारमै अल्झि राखेमा डाइनोसर नै हुने उनको बुझाइ छ । उनले बैंकहरुले फिजिकल सेवा भन्दा पनि डिजिटलमार्फत सेवा दिनुपर्ने बताए। 

Logo