नेपालमा कोरोनाः आज ५ हजार ७६८ जना निको भए, ८१ को मृत्यु

नेपालमा कोरोनाः आज ५ हजार ७६८ जना निको भए, ८१ को मृत्यु

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७६८ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख १० हजार २९८ पुगेको छ।

नेपालमा आज ४ हजार ३४४ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ८९५ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ८० हजार ३३६ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या ५ लाख ९९ हजार ७०९ जना पुगेको छ। 

आज ८१ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ८ हजार १७९ पुगेको छ।

आज १६ हजार ६४२ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३१ लाख ७९ हजार २०३ जनाको पीसीआर र ८६ हजार ३१ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

काठमाडौंमा ६७९, भक्तपुरमा ८५ र ललितपुरमा १५१ गरि उपत्यकामा आज ९१५ जना संक्रमित थपिएका छन् ।

Skip This
Skip This
Logo