कर्णाली प्रदेश सभाकाे बैठक बिहीबार २ बजे बस्ने

कर्णाली प्रदेश सभाकाे बैठक बिहीबार २ बजे बस्ने

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको दोस्रो बैठक आज पनि चल्न सकेन । प्रदेशसभा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफूले यही जेठ २४ गते सभामा राखेको मागमा सरकारले ध्यान नदिएको भन्दै सभा अवरुद्ध गर्दै आएको छ । 

उक्त दिनको बैठकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले कीर्ते जालसाजीसम्बन्धी फौजदारी अभियोग प्रमाणित भइसकेका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापालाई सरकारले पदमुक्त नगरे सदन चल्न नदिने जनाऊ दिएका थिए । त्यसपछि सभामुख राजबहादुर शाहीले यसबीचमा पटक पटक बैठक स्थगन गर्दै आएका छन् ।

यही जेठ २५ गते सरकार र प्रतिपक्षी दलबीच तीन घण्टाभन्दा लामो वार्ता भयो तर त्यसको टुङ्गो लाग्न नसक्दा प्रदेशसभाको बैठक नै बस्न सकेन । 

आज पनि बैठकको प्रारम्भमै नेता कँडेलले सरकारले राजनीतिक प्रतिशोध, पात्रको भन्दा पनि प्रवृतिका विरुद्ध कुरा उठाइएको भन्दै सरकारले मन्त्री थापाको पदमुक्तको अडान कायम राखे ।

उनले भने, “विषय प्रवेश गराएपछि सरकारको ध्यानाकर्षण त हुनुपर्छ नि ? यो बीचमा हाम्रो माग अनुसार व्यवहारिक ढंगबाट अघि बढेको भए हुन्थ्यो । अहिले मन्त्रालय त देखाउने मात्र हो । सरकार सम्बद्ध १० वटै जिल्लाका नेताहरु सुर्खेतका होटलमा बसेर योजना बनाइरहेका छन् । कार्यान्वयन गर्ने कार्यालयहरु हेरिरहेका छन् । जनप्रतिनिधिहरुको मर्यादा के हो ।’’ 

सरकारको सदनबाट नीति, कार्यक्रम तथा बजेट ल्याउने नियत नरहेको उनले आरोप लगाए । बैठक यही जेठ २७ गते दिउँसो २ बजेसम्मका स्थगन भएको सूचना प्रदेश सचिवालये दिएको छ । 

Skip This
Skip This
Logo